नियम २७
वस्तुको परीक्षण
: (१) ऐनको दफा ३४ को उपदफा (१) बमोजिम कुनै वस्तुको नमुना परीक्षणको लागि प्रयोगशालामा पठाउँदा त्यस्तो वस्तुको प्रकृति अनुसार आवश्यक परिमाणमा नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षणको लागि निर्धारित मापदण्ड अनुसारको भाँडो वा प्याकेटमा राखी सिलबन्दी गरी पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सङ्कलन गरिएको वस्तुको नमुना “सिलबन्दी गर्दा देहाय बमोजिमको प्रक्रिया अपनाउनु पर्नेछः-
(क) सिलबन्दी गर्दा भाँडो वा प्याकेटभित्र राखिएको वस्तुको गुणस्तर वा परिमाणमा फरक नपर्ने, नचुहिने बा बाहिर आउन नसक्ने गरी बन्द गर्ने, (ख) सील नतोडी वस्तु राखिएको भाँडो वा प्याकेट खोल्न नमिल्ने गरी _सिलबन्दी गर्ने,
(ग) परीक्षणको लागि राखिएको वस्तुको भाँडो वा प्याकेट बाहिर त्यस्तो वस्तुको नाम, परिमाण, सङ्केत नम्बर र साङ्केतिक सङ्ख्या (कोड नम्बर) भए सो समेत स्पष्ट रुपमा - उल्लेख गरी सङ्कलित वस्तुसँग सम्बन्धित व्यक्ति र निरीक्षण अधिकृतले मिति उल्लेख गरी दस्तखत गर्ने ।
(३) यस नियम बमोजिम नमुना लिएको वस्तु प्रयोगशाला परीक्षणको क्रममा खर्च हुने वा खेर जाने रहेछ भने त्यसरी खर्च वा खेर गई बाँकी रहेको वस्तु पुन प्रयोगमा आउन सक्ने भएमा त्यस्तो वस्तु सम्बन्धित उत्पादक वा बिक्रेतालाई भरपाई गरी फिर्ता दिनु पर्नेछ।